Ticker

6/recent/ticker-posts

सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

भक्तपुर, माघ ।
भक्तपुर नगरपालिका–२ कमलविनायक, भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलाउने रिसोर्टका सन्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ ।
जुवा खेलाउने रिसोर्ट सन्चालकसहित अन्य १८ जनालाई भने शुक्रबारै मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments