Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको वान टु वान वार्तामा झण्डै हात हालाहाल...

काठमाडौ,पुस ।
लामो समय अबरुद्ध संसद बैठक खुलाउने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिपक्ष दल एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको वान टु वान वार्ता पनि विना निष्कर्ष सकिएको छ । वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक टेबल मात्र गर्न दिन आग्रह गरेका थिए । 
तर अध्यक्ष ओलीले प्रधानमन्त्रीको उक्त आग्रहलाई ठाडै अस्विकार गरेपछि वार्ता निष्कर्ष विहिन भएको हो ।
यसअघि संसद बैठक सुरु हुनुपूर्व सभामुख ओनसरी घर्तीमगरको पहलमा तीन दलका शीर्ष तीन नेता बानेश्वरस्थित संसद भवनमा छलफल गरेका थिए । 
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । उक्त बैठक पनि विना निष्कर्ष सकिएको थियो ।

Post a Comment

0 Comments