Ticker

6/recent/ticker-posts

छात्रालाई शौचालय जान नदिने स्कुललाई साढे १२ लाख डलर जरिवाना

एजेन्सी, माघ ।
अमेरिकामा छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले शौचालय जान नदिएपछि एक छात्राले बाल्टिनमा पिसाव फेरेकी थिइन् ।
बाल्टिनमा पिसाव फेरेपछि आफूलाई आत्महत्याको सोच समेत आएको भन्दै ती छात्राले मुद्दा दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाई गर्दै क्यालिफोर्नियाको उच्च अदालतले विद्यालयले ति छात्रालाई साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो ।
शिक्षिका वोल्फले भने कक्षा चलिरहेका बेला शौचालय जान नपाइने नियमका कारण छात्रालाई बाल्टिनमा पिसाव फेर्न लगाएको बताएकी छिन् । घटनापछि विद्यालय प्रशासनले छात्रा र छात्राकी आमासँग माफी मागेको थियो ।

Post a Comment

0 Comments