Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

हुम्ला, पुस । हिमपातसँगै अत्याधिक चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । कर्णाली अञ्चलका जुम्ला, हुम्ला, मुगु र सुदूरपश्चिमाञ्चलका बैतडी, बझाङ, दार्चुला, डडेल्धुरासहितका जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । 

 जुम्लामा अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुसमा आएर हिमपात भएको हो ।शनिबार रातिदेखि भएको हिमपातले जुम्लाका धेरैजसो क्षेत्र सेताम्य भएका छन् । हिमपातका कारण सदरमुकाम खलंगामा झण्डै पाँच ईन्चसम्म हिँउ जमेको छ ।

 त्यस्तै हुम्ला सदरमुकाम सिमिकोटमा पनि बाक्लो हिउ परेको छ । हिउँ परेपछि जिल्लाको एक मात्र यातायातको सेवा हवाई यातायात सेवा समेत प्रभावित भएको कृष्णचन्द्र जाेशीले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत हिमपातको भिडियो खिचेर अपलोड गरेका छन् । 

 जुम्लाको डिल्लीचौर, छुमचौर, पातारासी, गोठिचौर, बुम्रामाडिचौर, बोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती लगायतका गाविसमा पनि बाक्लो हिमपात भएको छ । लामो समपछि हिमपात भएका कारण जाडो एकाएक बढेपनि किसानहरुले भने राहतको महशुस गरेका छन् । 

लामो समयसम्म पानी नपर्दा खेतमा लगाएको जौ, गहुँ सुक्न थालेपछि चिन्तामा परेका किसान भने हिउँ परेपछि खुशी भएका हुन्।

 हिमपातको भिडियो कृष्णचन्द्र जाेशीबाट

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply