Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, पुस ।
लिभरपुलले शीर्ष स्थानको चेल्सीसँगको अंकदूरी कम गर्ने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल रेलिगेशन जोनमा रहेको सन्डरल्याण्डसँग २–२ को बराबरीमा रोकियो ।
लिभरपुलका लागि ड्यानिएल स्टरेज र साडियो मानेले गोल गरे । सन्डरल्याण्डका लागि दुवै गोल जर्मेन डिफोले गरे । १९ औं मिनेटमा स्टरेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर २५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै डिफोले सन्डरल्याण्डका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर यो अग्रता पनि टिक्न सकेन । ८४ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा सन्डरल्याण्डका डिफोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
बराबरीपछि दोस्रो स्थानको लिभरपुलका २० खेलबाट ४४ अंक भएको छ र उ शीर्ष स्थानको चेल्सी भन्दा पाँच अंकले पछि छ । । एक खेल  कम खेलेको शीर्ष स्थानको चेल्सीको ४९ अंक छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply