काठमाडौ, माघ ।
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले मधेशी मोर्चाका नेताहरुलाई जेल हाल्नुपर्ने धारणा राखेका छन् । उपाध्यक्ष रावलले विदेशी दूतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्ने धारणा राखेका हुन् । काठमाडौमा भएको एक सात्क्षात्कार कार्यक्रममा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने चेतावनी समेत दिए ।
उनले भनेः‘ संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन, अहिले आएर दुईचार जना मधेसका ठालु नेताले भन्दैमा चुनाव रोकिँदैन । अब प्रधानमन्त्री दाहालले तत्काल मिति घोषण गुर्नपर्छ ।’
निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको भन्दै उनले मधेसी मोर्चाका नेताहरुलाई तराई मधेसका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।
रावलले अगाडी भनेः‘ संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन । हामीले एकपल्ट संशोधन गरिसक्यौँ, अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौंला ।’
मधेसी मोर्चाका नेताले तपाईँलाई कारबाही गर्न माग गरेका छन् नि भन्ने प्रश्नमा पूर्व रक्षा एवं गृहमन्त्री रावलले भनेः‘ जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन् । यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस् ।’

0 Comments