Ticker

6/recent/ticker-posts

महन्थले प्रचण्डलाई सुनाए अफ्रिकाको कथा

काठमाडौं, माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो ।

 तर, समापन भने केही सहमतिका साथ सम्पन्न भयो । स्थानीय चुनाव घोषणा गर्ने तयारीप्रति आक्रोस बोकेर पुगेका मोर्चाका नेताहरु पनि प्रचण्डको आश्वासन बोकेर फर्किएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावको मिति घोषणाका लागि सहमति मागेका थिए । जसलाई मधेसी मोर्चाका नेताहरुले ठाडै अस्वीकार मात्र गरेनन्, सम्वन्ध विच्छेद गर्ने चेतावनी समेत दिएका छन् ।

एक नेताका अनुसार प्रचण्डले संविधान संशोधन विधेयकमा परिर्माजन गर्नु पर्ने र अहिले नै दुई तिहाई मत पुगिनसकेको भन्दै यसले निश्चित समय लिने बताए । अहिले नै अघि बढ्दा संशोधन फेल हुन सक्ने, जुुन आफूहरुले नचाहेको भन्दै उनले संशोधनको प्रक्रिया अघि बढ्दैगर्छ, चुनावका लागि १०० दिन निर्वाचन आयोगलाई दिनु पर्ने भन्दै सहमति मागेका थिए ।

महन्थले अफ्रिकन कथा 
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुरले असहमति जनाए । उनले बैठकमा अफ्रिकाको कथा सुनाएका थिए ।
गोराहरु गएर कालाहरुलाई बाइबल थमाएको र आँखा चिम्म गर्न भनेको र केही समयपछि आँखा खोलेर हेर्दा हातमा बाइबल बाहेक केही बाँकी नरहेको उनको कथाको सार थियो । उनले भनेका थिए, तपाईहरु पनि यस्तै कुरा गर्नुहुन्छ ।’उनले संविधान संशोधन गरेपछि मा चुनाव घोषणा गर्नु पर्ने आफूहरुको अडान रहेको बताए ।

लगतै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थको कुरामा सहमति मात्र जनाएनन्, सम्वन्ध विच्छेद गर्ने धम्की दिएका छन् । उनले तीन दलबीच सहमति भएकाले सरकार चुनावको मिति घोषणा गरेर अघि बढ्न पनि सक्ने बताए ।

तर, त्यसो भएकै दिनबाट मधेसी मोर्चाको सम्वन्ध विच्छेद हुने र आफूहरु सबै कुरा विगार्न तिर लाग्ने बताए । साथै उनले संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने बताएका छन् । मधेसी मोर्चाका अधिकांश नेताहरुको टोन त्यस्तै थियो ।

Post a Comment

0 Comments