Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– नेकपा एमालेले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । जसका लागि डेढ लाख समर्थकलाई सडकमा उतार्ने दाबी गरेको छ । यसरी मान्छे उतार्नका लागि उसले अपनाएको प्रचार शैली निकै नै आक्रामक देखिएको छ । एमालेसहितका विपक्षी दलहरुले भृकुटीमण्डपमा सभा गर्दैछन्। खुलामञ्चमा बसपार्क बनेकाले उसले भृकुटीमण्डपलाई रोजेको हो ।
उनका अनुसार राष्ट्रिय सभागृह अगाडि सडकमा मञ्च बनाउने र पद्मोदय मोडसम्म सहभागीहरुलाई राख्ने तयारी गरिएको छ । सभाको पूर्वसन्ध्यामा एमालेले बिहीबार राजधानीमा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो। एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान स्वयंसेवकहरुलाई घुसपैठ र अराजकता रोक्न निर्देशन दिएका छन् । कार्यक्रममा लागि एमालेले करिब ५ सय स्वयंसेवक परिचालन गर्ने भएको छ ।
संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेको अगुवाइमा विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । शक्ति प्रदर्शनमा लाखभन्दा बढी मानिसहरु जुटाउन एमालेले ‘गोल्ड क्वेष्ट’ शैलीको प्रचार अभियान सञ्चालन गरेको छ । पिरामीड शैलीको प्रचार शैली अपनाइएको जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने  – ‘हामीले ‘गोल्ड क्वेष्ट’ शैलीको प्रचार अभियान चलाइरहेका छौं । तर, ‘गोल्ड क्वेष्ट’ स्टाइलमा चाँहि माथिकाले नाफा खान्छन् तर, हामीले चाँहि कार्यकर्तामा नाफा बाँड्नुपर्छ है, भनेका छौं ।’
नेटवर्किङ बिजनेश गरेको ‘गोल्ड क्वेष्ट’ मा एक जनाले दुईजना सदस्य बनाउने र ती दुईजनाले चार जना गर्दै सदस्य विस्तार गर्ने तरिका अपनाइएको थियो । त्यसरी विस्तार गरिएको सञ्जालबाट पैसा उठाएर माथिकाहरुले तलकालाई शोषण गर्ने गरेका कारण ‘गोल्ड क्वेष्ट’ को नेटवर्किङ बिजनेस बदनाम भएको थियो ।
एमालेले २२ गतेको प्रदर्शनमा मान्छे जुटाउनका लागि एक जनाले तीन जना सदस्य कार्यक्रममा उपस्थित गराउने अभियान चलाएको छ । यो शैली अपनाएर एमालेले डढे लाख मानिस सहजै सडकमा आउने दाबी गरेको छ ।
एमालेले सम्पर्क मञ्चहरुलाई पनि परिचालन गरेको छ, जसमा सांसदहरु पनि जोडिएका छन् । भट्टराईका अनुसार ७२ जिल्लाकै सम्पर्क मञ्च भएकाले यसले ठूलो जनशक्ति परिचालन हुनेछ ।

साथै बाग्मती अञ्चलका सातवटै जिल्लाका पार्टी अध्यक्षहरुलाई काठमाडौंमै बोलाइएको छ । र, उनीहरुले सम्वन्धित जिल्लाका समर्थक र आम जनतालाई लक्षित गरी बैठकहरु गरिरहेका छन् । एउटा जिल्लाको कम्तिमा ५० वटा क्लस्टरमा मिटिङ गर्नेछन्, जसले मास जुटाउन मद्दत गर्ने एमालेको विश्लेषण छ ।

यो शक्ति प्रदर्शनमा ९ दल सहभागी हुने भनिए पनि यो मुख्यतः एमालेकै शक्ति प्रदर्शन हो । किनभने ९ दलमा भएका अधिकांश दल ठूलो संख्यामा समर्थक एवं जनतालाई सडकमा ल्याउने अवस्थामा छैनन् । विपक्षी गठवन्धनमा रहेका माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने चाहेमा केही हजारसम्म सडकमा ल्याउन सक्ने एमाले नेताहरुको अनुमान छ ।
एमालेको अगुवाइमा हुन लागेको प्रदर्शनअघि २२ ठाउँबाट जुलुस निकालिने छ । ती जुलसहरुको नेतृत्व प्रमुख नेताहरुले गर्नेछन् । २२ स्थानबाट निस्किने जुलुस १० केन्द्रमा जम्मा हुने र त्यहाँबाट १० प्रमुख नेताले नेतृत्व गरेर सभास्थलतर्फ जाने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
शाक्यका अनुसार प्रदर्शनमा सहभागीहरु आ–आफ्नो जातीय भेषभुषा र झाँकीसहित हुनेछन् । ललितपुरको जुलुस कुपण्डोलमा जम्मा भएर र भक्तपुरको जुलुस भद्रकालीमा जम्मा भएर सभास्थलतर्फ अगाडि बढ्नेछ । काठमाडौंको जुलुस भने विभिन्न स्थानहरुबाट निस्किनेछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply