काठमाडौ, माघ ।
पाँच बुँदे घोषणापत्र जारी गर्दै प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको काठमाडौमा भएको एसिया प्यासिफिक सम्मेलन सकिएको छ । काठमाडौंको हायत होटलमा तीन दिनसम्म चलेको सम्मेलनमा ५० सदस्य राष्ट्र र ३ पर्यवेक्षकहरुले सहभागिता जनाएका थिए ।
सम्मेलनको तेस्रो तथा अन्तिम दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले सम्मेलनको पाँच बुँदे घोषणापत्र सार्वजनिक गरे ।
घोषणापत्रमा, इन्टरपोलले एसिया क्षेत्रमा हुने अन्तरदेशीय अपराध र आतंकबादलाई नियन्त्रण गर्नका लागि रणनीति बनाउने त्यस्तै मानव तस्करी, बाल श्रमशोषण, बाल यौन दुराचार लगायतका बिषयमा नयाँ रणनीतिक सहकार्य गर्ने उल्लेख छ ।
साथै आतंककारी गतिविधिमा संग्लग्नहरुको व्यक्तिगत विवरण आदानप्रदान गर्ने तथा हराएका विवरणबारे जानकारी दिन सहयोग गर्ने र आतंकबादसँग जोडिएको आर्थिक गतिविधिबारे सूचना आदानप्रदान गर्ने घोषणापत्रमा उल्लेख छ ।

0 Comments