Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,माघ ।
नेपाली चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक भएको छ । कलाकार दयाहांग राई, सौगात मल्ल र अर्पण थापाद्वारा अभिनित चलचित्र लप्प्न छप्पनको शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।
लप्पन छप्पनबाट चलचित्रमा दुई जना नयाँ अनुहारको पनि प्रवेश भएको छ । नवनायक प्रकाशजंग शाह र सिड खरेल नयाँ अनुहार हुन् । दुबै जनाले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरिसकेका छन् ।
लप्पन छप्पनमा नायिकाको भूमिका वर्षा सिवाकोटीले निभाएकी छिन् । चलचित्रको धेरैजसो भाग युरोपीयन देश बेल्जियम, स्विट्जरल्याण, नेदरल्याण्, फ्रान्स,  लग्जम्बर्गमा छायांकन  भएका कारण पनि लप्पन छप्पनले दर्शकको मन जित्ने निर्माता डम्बर चन्दको आशा छ ।
प्रवेश पौडेल र ओस्कारकै प्रकाशजंग शाहद्वारा तयार पारिएको चलचित्रको  कथाबस्तु  तथा नयाँ चलचित्रकर्मीको बाहुल्यता भएका कारण लगानी पनि धेरै गरेको निर्माताको भनाई छ । चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । चलचित्र आगामी चैत ११ गते रिलिज हुने तयारीमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply