Ticker

6/recent/ticker-posts

एटिएम कार्ड प्रयोग गरेर ठगी गर्ने एक जना पक्राउ

काभ्रे, पुस ।
अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले काभ्रेको धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ श्याम्घाका बसन्तबहादुर थापा रहेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी उपरीक्षक सकुल थापाले बताए ।
थापाले अनिल दुवालको नामबाट धेरैपटक रकम निकालेको प्रहरी समक्ष बयान दिएका छन् । उनले १२ लाख निकालेको स्वीकार गरेको भए पनि त्योभन्दा बढी रकम निकालेको हुनसक्ने प्रहरीले जनाएको छ ।
थापाको साथबाट ३० हजार, दुईवटा राहदानी, ६ वटा सिमकार्ड फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Post a Comment

0 Comments