Ticker

6/recent/ticker-posts

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच गोप्य छलफल....

काठमाडौ, माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच समसामयीक राजनीतिक विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई स्थानीय चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराएका थिए । यस्तै चुनावको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री दाहालले शनिबार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेतासँग समेत छलफल गर्दैछन् ।
छलफल बेलुकी ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Post a Comment

0 Comments