Ticker

6/recent/ticker-posts

विरामीहरुलाई समेत आकर्षित गरेर व्यापार बढाउने अस्पतालको काईदा,होला त विरामीलाई फाइदा...?

काठमाडौ,माघ ।
जसरी दशैतिहार तथा अन्य चाडपर्वहरुमा ग्राहकहरुलाई विशेष छुट भन्दै आफ्नो व्यवसाय बढाउने तिर व्यापारीहरु लागेका हुन्छन् त्यसरी नै अस्पतालहरुले पनि विरामीलाई आफ्नो अस्पतालमा तानेर व्यवसाय बढाउने विभिन्न उपाय रचेका हुन्छन् । चाडपर्वको बेला व्यापारीहरुले विशेष छुटको प्रचार गरेर जसरी ग्राहकहरुलाई ठगेका हुन्छन् त्सरी नै विरामीहरुलाई ठग्ने गरेका छन् अस्पतालहरुले पनि । त्यसकै जलन्त उदाहरण हो धापासी स्थित ग्राण्डी अस्पतालो ।
चौथो वार्षिकोत्सव तथा संचालनको पाचौं वर्ष प्रवेशको उपलक्षमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कर्पोरेट एनभर्सरी प्याकेज विशेष स्वास्थ्य परिक्षण योजना ल्याएको छ ।
जनवरी महिनाभरका लागि घोषणा गरिएको यो प्याकेज अन्तर्गत दुई हजार रुपैयाँमा डाक्टरसँगको कन्सल्टेसन, ब्लड सुगर (फास्टिङ), सेरम कोलेस्ट्रोल, सेरम युरिक एसिड, सेरम क्रियाटिनिन, हेमाटोलोजी प्रोफाईल (सिबिसी), युरिन रुटिन, इसिजी, इको परिक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।
प्याकेजमा उल्लेख गरिएका बाहेकका अतिरिक्त परिक्षणमा भने १५ प्रतिशतको मात्र छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

Post a Comment

0 Comments