कर्नाटक,माघ ।
दक्षिण भारतीय चलचित्रकी सफल अभिनेत्री काजल अग्रवालले केही समयअघि मात्रै उत्तर भारतका एक नेतासँग डेट गरेको खबर आएको छ । केही समय पहिले एक पार्टीमा चिनजान भएका उनीहरुले सेक्रेट मिटिङ पनि गरेको खबर छ ।
काजलले डेट गरिरहेका ती नेताको नाम भने सार्वजनिक भएको छैन । काजलले केही दिनअघि मात्रै आफ्नो लागि प्रफेक्ट म्यानको खोजीमा रहेको बताएकी थिइन् ।
अभिनेत्री अनुश्का र प्रभासले एकसाथ काम गरेका प्रायः सिनेमाहरु हिट छन् । उनीहरुको अनस्क्रिन केमेष्ट्रि धेरैले मन पराउँछन् । तर एकताका उनीहरुको अन स्क्रिनमा मात्रै नभएर अफ स्क्रिनमा पनि केमेष्ट्रि जमेको थियो । उनीहरु आफ्नो सम्बन्धलाई लिएर सिरियस थिए । प्रेमलाई विवाहमा परिणत गर्ने सोच उनीहरुको थियो । तर पछि उनीहरुले यी खबरहरु गलत भएको भन्दै अफेयरलाई स्वीकार गरेनन् । अनुष्का र प्रभासले सुपरहिट सिनेमा बाहुबलीमा आमा छोराको भूमिका निभाएका छन् ।
दक्षिण भारतकी अभिनेत्री नयनतारा र प्रभुदेवाको अफेयरको चर्चा पनि एकताका खुबै थियो । नयनताराका लागि प्रभुले श्रीमतीलाई डिभोर्स समेत दिएका थिए । तर उनीहरुको सम्बन्ध सफल भएन । सन् २००८ देखि उनीहरुको अफेयर सुरु भएको थियो भने २०१२ मा अन्त्य । नयनताराले आधिकारिक रुपमै प्रभुसँग ब्रेकअप भएको पुष्टि गरेकी थिइन् ।
त्रिशा र राणाको अफेयर तीन वर्षदेखि चलिरहेको छ । तर यो बिचमा उनीहरुको ब्रेकअप र प्याचअपको खबर पनि आइरहेका छन् । एकपटक राणासँगको सम्बन्धका बारेमा बोल्दै त्रिशाले आफूहरु बिच प्रेम नभएको र राणा मिल्ने साथी मात्रै भएको बताएकी थिइन् । सन् २०१५ मा त्रिशाको चेन्नईका एक व्यापारीसँग ईन्गेजमेन्ट भएको थियो । तर वर्ष दिन नपुग्दै २०१६ मा उनले ती व्यापारीसँग सम्बन्ध तोडिसकेकी छन् ।
दक्षिण भारतका अभिनेता तथा निर्देशक सिंबु र अभिनेत्री हंसिकाले आफूहरु एकअर्काको प्रेममा रहेको कुरा आधिकारिक रुपमै पुष्टि गरेका थिए । तर उनीहरुको सम्बन्ध हंसिकाकी आमालाई मन परेको थिएन । हंसिकाकी आमा छोरीको करिअर सफल रुपमा अघि बढोस् भन्ने चाहन्थिन् । यसैकारण उनलाई हंसिकाको प्रेम सम्बन्ध मन नपरेको हो । पछि २०१४ को फेबु्रअरीमा सिंबु स्वयमले हंसिकासँग आफ्नो ब्रेकअप भएको घोषणा गरे । मिडियामा ब्रेकअपको कारण हंसिकाकी आमालाई नै मानियो । १६ वर्षको उमेरमै अभिनेत्री बनेकी हंसिकाले अहिलेसम्म दर्जनौँ सिनेमामा काम गरेकी छन् ।
ईलियानाका प्रेमी एंड्रयू निबोन अस्ट्रेलियन हुन् । विगत केही समय यता उनीहरु डेटमा छन् । ईलियानले आफू प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार पनि गरिसकेकी छन् । प्राय जसो समय साथमा बिताउने यो जोडीका तस्बिरले ईलियानाको ईन्स्टाग्राम भरिएको छ । एकताका उनीहरुले सुटक्क विवाह गरेका खबरहरु पनि आएका थिए । तर ती खबरहरु गलत साबित भए । सन् २०१६ मा होलिडे र पछि एक पार्टीमा एकसाथ देखिए पछि उनीहरुको सम्बन्धले चर्चा पाएको हो । ईलियाना अहिले दक्षिण भारतसँगै बलिउडमा पनि जमेकी छन् ।
ओलम्पिकका सिल्भर मेडलिस्ट डेनिश ब्याडमिन्टन खेलाडी माथियस बोए र अभिनेत्री तापसी पन्नुको पनि अफेयर चलेको हल्ला मिडियामा छायो । यो जोडी एक म्याचको क्रममा पहिलो पटक हैदराबादमा भेटिएका थिए । मिडियामा आफ्नो अफेयरको हल्ला चलेपछि तापसीले आफू कसैको प्रेममा नभएको बताइन् । यो सँगै उनले माथियसलाई आफ्नो मिल्ने साथीको रुपमा चिनाइन् पनि । तर पटक पटक माथियस तापसीको सुटिङ सेटमा जानुलाई धेरैले प्रेमको संज्ञा दिएका छन् ।
दक्षिण भारतका साथै केही बलिउड सिनेमामा पनि काम गरेकी अभिनेत्री नेहा शर्माको अफेयर एकताका रामचरण तेजासँग थियो । उनीहरुको प्रेमले दक्षिण भारतीय सिने उद्योगलाई निक्कै ततायो पनि । एक अर्काको प्रेममा रहेका उनीहरुले विवाह गर्ने सोच बनाएका थिए । तर पछि यी सबै खबरहरु गलत ठहरिए । सन् २०१२ मा रामले प्रेमिका उपासनासँग विवाह गरे । नेहा एक्लै भइन् ।
तमिल अभिनेता सिद्धार्थ र अभिनेत्री सामन्था पनि एकअर्काको प्रेममा थिए । एकताका उनीहरु पार्टी र अन्य ईभेन्टहरुमा एकसाथ जान्थे । प्राय समय एक साथ बिताए पनि उनीहरुले प्रेमबारे भने खुलेर कुरा गरेनन् । केही समय अघि मात्र उनीहरुको ब्रेकअप भयो । मिडियाले उनीहरुको ब्रेकअपको कारण सामन्थाले केही सिनेमामा चाहिने भन्दा बढी एक्पोज गर्नुलाई मानेको छ ।

0 Comments