Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, पुस ।
सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ।
नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को‘मोन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ। तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बिमा रकम बढ्न नसकेको हो।
जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन्। सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ।
सन् १९५५ मा‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो। नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ। त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो।  जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै  ७५ हजार डलर पुर्‍याएका थिए। हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन्।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply