Ticker

6/recent/ticker-posts

यी पनि आमा : दुई छोरालाई विष खुवाएर गरिन् आत्महत्या

सर्लाही पुस । सर्लाहीको पिपररियामा तीन छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन् ।
बरहथवा- ११ हिरापुरमा किराना पसल सञ्चालन गर्दै आएकी २२ वर्षकी सबिता पालले बिहीबार दिउँसो ५ वर्षका छोरा अमन र ३ वर्षका प्रिन्सलाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
विष सेवनबाट सविता र अमनको मृत्यु भएको छ भने प्रिन्सको अवस्था चिन्ताजनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए । सविताले किन छोराहरुलाई विष खुवाएर आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन ।

Post a Comment

0 Comments