चितवन, माघ ।
दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीय बासिन्दाले शनिबार माडीमा यातायात बन्द गरेका छन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै यातायात बन्द गरेका हुन् । बन्दका कारण सवारी रोकिएको छ ।
शुक्रबार मात्रै सागर सुनारको ज्यान गएको थियो । सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीय बासिन्दाले यातायात बन्द गरेका हुन् ।

0 Comments