Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री प्रचण्डको पद धरापमा,मोर्चाले राख्यो यस्तो शर्त....

काठमाडौ, माघ ।
स्थानीय तहको चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ठाडै अस्विकार गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा गर्नका लागि मधेशी मोर्चाको समर्थन लिने प्रयासस्वरुप प्रधानमन्त्री दाहालले सोमबार बोलाएको सत्तारुढ दल नेपाली कांग्रेससहित मधेशी मोर्चाको बैठकमा मोर्चाले प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गरेको हो ।
प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा गर्नका लागि परामर्श र सहमति लिन सोमबार कांग्रेस सहित मधेशी मार्चाको बैठक डाकेका थिए । बैठकमा सहभागि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधन विधेयक पारित नभएसम्म मोर्चा चुनावमा जान सकारात्मक नदेखिएको प्रतिक्रिया दिए ।
मधेशी मोर्चाका नेता एंव सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित र स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन पारित नभएसम्म मोर्चा चुनावमा सहभागि नहुने मोर्चाको स्पष्ट धारणा रहेको बताए । नेता कर्णका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले मोर्चाको सहमति बिना आफु चुनावको मिति घोषणा गर्ने पक्षमा नरहेको बताएका थिए ।
दुई पक्षबीच संविधान संशोधन विधेयक र स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनलाई परिमार्जन गर्ने विषयमा सहमति जुटाउन वार्तालाई निरन्तरता दिन भने सहमत भएका छन् । बैठक एक दुई दिनभित्रै पुनःबस्ने बैठकमा सहभागि नेताहरुले जनाएका छन् । अब बस्ने बैठकले चुनावको मिति घोषणा र संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने विषयमा ठोस सहमति गर्ने एक नेताको दावी छ ।
प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारुढ दल नेपाली कांग्रेस तत्काल चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दवाव दिईरहेका छन् भने मधेशी मोर्चा तत्काल चुनाचवको मिति घोषणा नगर्न दवाव दिईरहेको छ ।
सोमबारको बैठकमा मोर्चाका नेताहरुले स्थानीय तह पुनसंरचना आयोगले तयार पारेको प्रतिवेदनलाई आफुहरु स्वीकार गर्न नसक्ने भन्दै स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन परिमार्जन नगरेसम्म चुनावमा नजाने अडान राखेका थिए ।

Post a Comment

0 Comments