Ticker

6/recent/ticker-posts

‘निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटना’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका छन् । निर्वाचनसँग सम्बन्धित सबै विधेयक १५ माघभित्र पारित गरिने उनको दाबी छ ।

प्रमुख तीन दलबीच शनिबार भएको छलफलपछि परिस्थिति सकारात्मक दिशातर्फ अघि बढेको प्रचण्डको भनाइ छ । प्रमुख दलका नेतासँग भएको शनिबारको छलफलपछि परिस्थिति सकारात्मक दिशामा अघि बढेको छ, यही १५ गतेभित्र निर्वाचनसँग सम्बन्धित सबै विधेयक पारित गरेर निर्वाचन आयोगलाई दिएपछि निर्वाचनको घोषण्ण गरिनेछ ।

प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक २०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औंलाए । ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ । 

Post a Comment

0 Comments