Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ६ माघ । संयुक्त राज्य अमेरिकासँगको सहकार्यमा नेपाल एस्ट्रोनोमिकल सोसाईटीले नेपालब्यापी क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ ।

 विश्वपरिवेश द्रुतगतिमा अनुसन्धानात्मक शिक्षातर्फ अग्रसर भईरहेको अवस्थामा नेपालमा पनि विद्यार्थीहरुमाझ विद्यालयदेखिनै अनुसन्धानकार्यमा अभिरुचि बृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।

माघ ०६ गते विहीबारदेखि थालिएको नेपालब्यापी क्षुद्रग्रह खोज अभियान खोज अभियान फाल्गन ७ गतेसम्म चल्ने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । जसका लागि काठमाडौं उपत्यकाका चार टोलीले भाग लिदैछन् भने उपत्यका बाहिरबाट एक टोलीले भाग लिदैछ ।

 यसपटक छनौट भएका टोलीमा विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरु सम्लग्न छन् । अभियानमा अनुसन्धानका लागि विभिन्न टेलिस्कोपहरुद्वारा खिचिएका तस्वीरहरु, आवश्यक सफ्टवेयर तथा सहयोग पुस्तिका सहभागिता टोलीहरुलाई उपलब्ध गराईनेछ र सहभागी टोलीले क्षुद्रग्रहको खोज गर्नुपर्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply