Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– नेपाल मोबाइल व्यवसायी संघले आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सवमा फोर–जी प्रविधिका स्मार्टफोनहरु बिक्री गरिने भएको छ । महोत्सवलाई सोमबारदेखि फोरजीमय बनाउने गरि फोरजी प्रविधि भएका स्मार्टफोनहरु बिक्री गर्न लागिएको हो ।
आइतवारदेखि नै फोर–जी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्नेगरि सोमबारदेखि फोरजीमय महोत्सवको घोषणा गरिएको हो । सोमबारदेखि महोत्सवमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु ग्राहकहरुलाई सूपथ मुल्यमा छुटसहित बिक्री गरिनेछ । न्यूरोड मोबाइल महोत्सवमा अहिलेका चर्चित स्मार्टफोनहरुमध्येको एक ह्वावे जीआर५ २०१७ मा फोरजी चलाउन सकिन्छ, यो हाल बजारमा आएको सबैभन्दा पछिल्लो चर्चित स्मार्टफोन हो, जसमा २ वटा रियर क्यामरा राखिएको छ । यो मिडरेन्जमा दुईवटा मुख्य क्यामरासहित आएको पहिलो स्मार्टफोन हो ।
यसैगरी सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ । यीबाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ । यी सबै ब्राण्ड तथा मोडलका फोनहरु मोबाइल महोत्सवमा किन्न सकिन्छ ।

कम्पनीहरुले मोबाइल महोत्सवको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा भारी छुटका साथै विभिन्न उपहारहरु पनि प्रदान गरिरहेका छन् । अंग्रेजी नयाँ वर्षको शुरुवातदेखि फोरजी प्रविधि नेपालमा आएको हुँदा ग्राहकहरुलाई फोरजीको बारेमा जानकारी दिन फोरजीमय महोत्सवको घोषणा गरिएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । ‘सोमबारेदेखि फोरजी प्रविधि भएका स्मार्टफोनहरु किन्न ग्राहकहरुलाई उत्साहित बनाउनेछौं ‘ उनले भने, ‘फोरजी प्रविधिमा डाटा छिटो प्रयोग गर्न सकिने र डाउनलोड, अपलोड र शेयर द्रूतगतिमा हुनेहुँदा यो प्रविधि विश्वभर प्रयोग भईरहेको छ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply