Ticker

6/recent/ticker-posts

गला बसेको छ ? यसो गर्नुस्......

काठमाडौ,माघ ।
मौसम परिवर्तन हुँदा गला बस्ने समस्याबाट धेरै व्यक्तिहरु पीडित हुन्छन् । यसलाई सामान्य समस्या मानेर मानिसहरु डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रुप पनि लिन सक्छ । त्यसो त गला बस्दैमा डाक्टर कहाँ पुगिहाल्नुपर्छ भन्ने पनि छैन । घरैमा बसेर घरेलु औषधि प्रयोग गरेर पनि गला बसेको ठिक पार्न सकिन्छ । के छन् त घरेलु उपाय....?
दालचिनी
चिसोको कारणले तपाईं गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर घोल्नुस् । अब यसको मिश्रणलाई छान्नुस् र गलगल गर्नुस् । यसमा अलैंची पनि मिसाउन सक्नुहुन्छ । दिनमा २–३ पटक यसरी गलगल गर्नुभयो भने तपाईंको गला खुल्छ ।
अदुवा र मह
गलामा गर्मी र दुखाई हुँदा राहतको लागि यो प्रभावकारी विधि हो । यसका लागि अदुवालाई पिसेर महमा मिलाउनुस् र त्यसमा मरिच हालेर पेस्ट बनाउनुस् । एक(एक छिनमा त्यसलाई मुखमा हाल्दै गर्नुस् । अदुवाको ठाउँमा लसुनको प्रयोग पनि गर्न सकिन्छ ।
लसुन
लसुनमा एन्टिसेप्टिक र एन्टी–ब्याक्टेरियल गुण हुन्छ जसले गलालाई फाइदा पुर्‍याउँछ । यसका लागि लसुनको काँचो टुक्रा चपाउनुस् । यसबाट एलिसिन नामक एक रसायन निस्किन्छ, जसले गलामा समस्या ल्याउने ब्याक्टेरियालाई नष्ट गर्छ । लसुनको तेलको केही थोपा तातो पानीमा हालेर गलगल गर्न पनि सकिन्छ ।
ल्वाङ, मरिच र मह
एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाउनुस् । हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ ।
बेसार
एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् । तीन–चार दिनसम्म लगातार यो पिउनाले घाँटी बसेको ठिक हुन्छ ।

Post a Comment

0 Comments