Ticker

6/recent/ticker-posts

निर्वाचनको मिति धोषणा गर्ने सरकारको तयारीःसंविधानविद्ले के भने प्रधानमन्त्रीलाई..?

काठमाडौ,माघ ।
सरकारले वैशाख अन्तिम हप्ता स्थानीय तहको चुनाव गर्नेगरी निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्ता चुनाव गर्ने घोषणा गर्न लागेको हो ।
मिति घोषणा नगर्ने तर वैशाख अन्तिम हप्ता चुनाव गर्ने गरी आयोगलाई तयारी थाल्न पत्र पठाउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदसँग परामर्श गरेका छन् । सत्तारुढ दलका प्रमुख नेताहरुको उपस्थितिमा प्रधानमन्त्री दाहालले संविधानविदसँग परामर्श गरेका हुन् । परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सवर्स्वीकार्य बनाउने विधि र कानुनी व्यवस्थाबारे संविधानविदसँग राय मागेका थिए ।
त्यस क्रममा संविधानविदले सरकारले तोकेको मापदण्ड र कार्यादेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Post a Comment

0 Comments