Ticker

6/recent/ticker-posts

ठुला दल साना एक सिटे दलको कब्जामा.....

काठमाडौ,माघ ।
संसदको राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको हो ।
उपसमितिले सरोकारवालाहरुसँग दफाबार छलफलपछि प्रतिवेदन तयार पारेर हिजो पूर्ण समितिमा पेश गरेको हो । समितिको बैठकमा निर्वाचनका लागि थ्रेस होल्ड कति राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगोमा पुग्न सकेन ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना पार्टीले थ्रेसहोल्ड राख्न नहुने अडान राखेपछि समितिले यसको टुंगो लगाउन नसकेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड राख्ने विषयमा आफूहरुको विरोध रहेको बताए ।
ठूला दलका नेताहरुले भने निर्वाचनमा थ्रेस होल्ड राख्ने बताएका छन् । नेकपा एमालेका एक सांसदले अहिलेसम्म कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्नेमा विवाद भएकाले पुनः छलफल गरिने जानकारी दिए ।
ठूला दल निर्वाचनमा कम्तिमा पनि तीन प्रतिशत थ्रेस होल्डको व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

Post a Comment

0 Comments