Ticker

6/recent/ticker-posts

काठमाडौंमा र पोखरामा फोर–जी प्रयोगकर्ता ४ लाख नाघे

काठमाडौ, फागुन ।
नेपाल टेलिकमले थालेको फोर–जी चलाउने प्रिपेड ग्राहकको संख्या ३ लाख ३५ हजार नाघेको छ । काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा फोरजी सुरुवात भएको २० दिनमै यसको ग्राहक संख्या ३ लाख ३५ हजार नाघेको हो । नेपाल टेलिकमका सह–प्रवक्ता सोधन अधिकारीले प्रिपेड ग्राहकको फोर–जी प्रतिको मोह उत्साहजनक रहेको बताए ।
पोष्टपेडमा फोर–जी चलाउने ग्राहकको संख्या पनि ६५ हजार नाघेको छ । प्रिपेड र पोष्टपडे गरेर फोर–जीका लागि कुल ४ लाख ग्राहक दर्ता भइसकेका छन् । पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकका लागि फोर–जी सेवा सुरुवात गरेको थियो भने प्रिपेडमा माघ २२ बाट ।

Post a Comment

0 Comments