Ticker

6/recent/ticker-posts

संविधान जोगाउन दलहरुबीच एकता हुनु अपरिहार्यःनेता सिंह

ललितपुर, माघ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधान जोगाउन सबै दलहरु एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् । बुधबार एम्स स्कुलले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले दलहरुबीच रहेको अविश्वासकै कारण मुलुकमा राजनीतिक संकट गहिँरिदै गएको तर्फ चिन्ता व्यक्त गर्दै आपसी मतभेद छाडेर दलहरु संविधान कार्यान्वयनमा जुट्नुपर्ने धारणा राख्नुभयो । बिगतमा पनि राजनीतिक दलहरुबीचको असमझदारीले केहि महत्वपूर्ण निर्णयहरु विधि र प्रक्रियाभन्दा बाहिर गएर भएको स्मरण गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले विगतको असमझदारीको परिणामले लोकतन्त्र नै कमजोर भएको अवस्थावाट पाठ सिक्न आग्रह गरे । नेता सिंहले संविधानको स्वीकार्यतालाई फराकिलो बनाउँदै तत्काल निर्वाचनमा जानुको बिकल्प नरहेको धारणा राखे । उनले दलहरुले संविधान कार्यान्वयन भन्दा अन्यन्त्र ध्यान केन्द्रित गरेर समय व्यथित गरे विगतका जस्तै नराम्रो परिणाम भोग्नुपर्ने अवस्था सक्ने तर्फ सचेत समेत गराए ।
बिधालय  स्थापना भयको २५ बर्ष पुगेको अवसर पारेर कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

Post a Comment

0 Comments