Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि बजेटको अभाव नभएको स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेलले बजेटको अभावका कारण पुनर्निर्माणको काम नरोकिएको प्रष्ट पारेका हुन् ।
उनले केही ठाउँमा लाभग्राहीहरुले आवश्यक प्रमाण जुटाउन समय लागेकाले आवास निर्माणका लागि पहिलो चरणमा छुटयाइएको बजेट पाउन नसकेको पनि दावी गरे । कतिपय लाभग्राहीको आफ्नै जग्गा समेत नहुँदा उनीहरुले आवास निर्माणका लागि बजेट पाउन नसकेको पुनर्निर्णाण प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलले ९३ प्रतिशतले आवास निर्माणका लागि पहिलो किस्ताको रकम पाईसकेको र पाउन नसकेकाका लागि पनि १४ वटै जिल्लामा बजेटको व्यवस्था भईसकेको समेत जानकारी दिए।
प्राधिकरणले पहिलो किस्ताको रकम लिएर मापदण्ड अनुसारको घर बनाउन सुरु गरेकालाई दोस्रो किस्ताको रकम दिइएको पनि जनाएको छ । मापदण्ड पुरा गरेर घर निर्माणको काम सुरु गरेकालाई दोस्रो किस्ताको रकम दिन थालिएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए। भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक जनशक्ति निर्माणका लागि १ महिना भित्र हरेक गाउँ विकास समितिमा तालिम संचालन गर्ने योजना पनि बनाएको छ । जनशक्तिको अभावमा पुनर्निर्माणको काम अघि बढाउन नसकिएको लाभग्राहीको गुनासो आएपछि प्राधिकरणले नेपाली सेनाको समेत साथ लिएर हरेक गाविसमा एक महिना भित्र जनशक्ति निर्माणका लागि आवश्यक तालिम दिने व्यवस्था गर्न लागेको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply