Ticker

6/recent/ticker-posts

निलम्बित एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौ, माघ ।
सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । ३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो ।
संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । र, अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको हो ।

Post a Comment

0 Comments