Ticker

6/recent/ticker-posts

आजदेखि प्रिपेड मोबाइलमा पनि फोर–जी सुरू

काठमाडौ, माघ ।
नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड ग्राहकलाई फोर–जी सेवा सुरू गरेको छ । टेलिकमले १३ औं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा समेत फोर जी सेवा सुरु गरेको हो । यससँगै टेलिकमले एडिएसएल प्याकेजमा पनि सस्तो बनाउने घोषणा गरेको छ ।
पोष्टपेडमा फोर–जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएपछि टेलिकमले प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा सुरू गरेको हो ।
गत पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर–जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वार्षिक उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गरेको हो ।
टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर–जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षेत्रमा मात्रै अहिले फोर–जी नेटवर्क उपलब्ध ।
१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ । यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि  सुरू गरेको छ ।

Post a Comment

0 Comments