Ticker

6/recent/ticker-posts

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी शाखा अध्यक्ष सहित दुईजना पत्रकार आमरण अनसनमा

तस्वीरः लक्ष्मी गौतम
फिदिम १२ फागुन, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालावबन्दी गर्दै दुईजना पत्रकारले वुधवारदेखि आमरण अनसन शुरु गरेका छन ।

आमरण अनसनमा वस्ने पत्रकार हरुमा महासंघको पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारी छन ।

पत्रकार महासंघको केन्द्रीय नेतृत्व दलीय भागबण्डामा सदस्यता वितरण गर्न उद्वत रहेकाले उक्त कार्य रोकिनुपर्ने र  शाखामा सर्वसम्मत निर्णय गरी पठाइएको सदस्यता केन्द्रीय समितिले अनुमोदन नगरी क्षेत्रीय र संघठन समिति मार्फत नक्कली उजुरी खडा गरी पाँचथर लगायतका जिल्लामा शाखा अधिवेशन अनिर्णित बनाएकाले साधारण सदस्यता वितरण र नविकरण बिधानतः गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।

यस्तै गत माघ ८ गते शाखा अधिबेशन सम्पन्न गर्ने क्रममा धाँधलीपूर्ण र नियतवस अगाडी बढ्ने केन्द्रीय प्रतिनिधिहरु लक्की चौधरी र खगेन्द्र पन्तलाई कार्वाहि गर्नुपर्ने तथा लामो समयदेखि पत्रकार महासंघको सदस्यता लिएर पेशामा नरही सरकारी वा अन्य सेवामा रहेका सरकारी कर्मचारी र पेशा व्यवसायीका हकमा केन्द्रवाटै सुद्वीकरण अभियान शुरु गरिनुपर्ने माग पनि उनीहरुका छन् ।

पाँचथर शाखाले २०७३ साउन २ गतेको कार्यसमितिको सर्वसम्मत निर्णयवाट २१ जना पत्रकारको सदस्यता सिफारिस गरिएकोमा त्यसलाई अनुमोदन नगरी केन्द्रीय समितिले जवरजस्ती सदस्यता थप्ने र नविकरण गर्ने लगायतका कार्य गर्दै शाखा अधिवेशन गर्न नदिएकाले आमरण अनसनको विकल्प रोज्नु परेको पाँचथर शाखाका अध्यक्ष ढुंगानाले वताए ।

अनसन शुरु गरेको केहि समय पश्चात केन्द्रीय कार्यालय पुगेका महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले ताला खोल्ने प्रयत्न गरेपनि आफुहरुका माग सम्वोधनमा चासो नदेखाएको उनको आरोप छ ।  यद्वपी बिष्टले भने पाँचथर शाखाले गरेको निर्णयलाई उल्टाउने हर्कत नगरेको भन्दै केन्द्रीय कार्यालयमा गरिएको ताला खोल्न सहयोग गरिदिन अनुरोध गरेका छन ।

Post a Comment

0 Comments