Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले आयोजना गरेको मेची–महाकाली अभियानमा प्रत्येक कार्यकर्ता सडकमा उत्रिनै पर्ने उर्दी जारी गरेको छ । एमालेले मेची–महाकाली अभियानमा अनिवार्य उपस्थितिका लागि कार्यकर्तालाई हृवीप नै जारी गरेको छ । अभियान बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले भनेः‘ अभियान सुरु हुन १० दिन बाँकी छ, हरेक नगरदेखि वडा र गाउँस्तरसम्म जो जहाँ छन्, हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ । एउटै स्वरमा नारा लगाएकै हुनुपर्छ, यदि राजमार्गमा आउन सम्भव नभए गाउँस्तरमा भएपनि अभियानबारे स्थानीयलाई स्पष्ट पार्नुपर्ने छ ।’ अध्यक्ष ओलीले हृवीप नटेर्ने कार्यकर्ता एमालेका लागि औचित्यहीन रहेको समेत बताए ।
यस्तै,एमालेले आगामी फागुन २१ देखि चैत चारसम्म मेची–महाकाली अभियान कार्यक्रममा अबरोध नगर्न अन्य राजनीतिक दल र दलका कार्यकर्तालाई चेतावनीपूर्ण आग्रह समेत गरेको छ ।
अभियानको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका विषयमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने दावी गरे । अध्यक्ष ओलीले भनेः‘यसले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्नेछ ।’
अध्यक्ष ओलीले अभियान कसैको बिरोध र भण्डाफोरको लागि नभएकाले अवरोध नगर्न अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरे । तर अभियानमा कसैले अवरोध तथा भाँजो हाले एमालेले त्यसको शसक्त प्रतिवाद गर्ने समेत ओलीले चेतावनी दिए ।
मेची–महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरेको छ । अभियान झापाबाट फागुन २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ ।
यसबीचमा हुने बिभिन्न औपचारिक कार्यक्रम तथा सभाहरुमा एमालेका उपलब्ध नेताहरुले सम्बोधन गर्ने बताइएको छ । अभियानका सबै कार्यक्रमहरु पूर्व–पश्चिम राजमार्ग केन्द्रित हुनेछन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply