Ticker

6/recent/ticker-posts

बार्सिलोनालाई एथ्लेटिको बिल्बाओ भिड्दै

बार्सा, माघ ।
स्पेनिस लिग ला लिगामा शनिबार (आज) बार्सिलोनाले एथ्लेटिको बिल्बाओसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे बार्सिलोनाको मैदानमा हुनेछ ।
त्यसअघि, नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजे मालागा र स्पानियोल भिड्दैछन् । ला लिगाअन्तर्गत् शनिबारै अर्को शीर्ष क्लब मड्रिडले राति सवा ११ बजे लेगानेस्सँग खेल्दैछ ।
जारी ला लिगा फुटबलमा १९ खेलबाट ४६ अंक जोडेको रियल मड्रिड अंकतालिकाको शीर्ष स्थानमा छ । एक खेल बढी खेलेका बार्सिलोना र सेभिया समान ४२ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

Post a Comment

0 Comments