Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं–माघ । रामशाहपथ स्थित नेशनल ट्रेडिङ लिमिटेडको यन्त्र विक्रि तथा मर्मत केन्द्रसँग जोडिएको टुकुचा खोला कोरिडोरको दुर्गन्ध अहिले हटेको छ । लामो समयदेखिको दुर्गन्ध एकाएक हराउनुको कारण हो, खप्तड सप्लायर्सले निर्माण थालेको व्यवपारिक भवन ।
नेशनल ट्रेडिङको जग्गा १० बर्षका लागि भाडामा लिएर भवन निर्माण गरिरहेको निर्माण पक्षले चामत्कारिक रुपमा खोला कोरिडोरको फोहोर र दुर्गन्ध हटाउँदा पटक–पटक झमेला व्यहोर्नुपरेको छ । नियम कानुन पूरा गरेर काम अघि बढाउँदा प्रधानमन्त्री कार्यालयदेखि विभिन्न सरकारी कार्यालयबाटै लामो समयसम्म अबरोध झेल्नु परेको गुनासो निर्माण पक्षको छ ।
पद्मोदय–भृकुटीमण्डप क्षेत्रको टुकुचा खोला अझै पनि दुर्गन्धित छ । जुन बाटो भएर यात्रा गर्नेहरु अहिले पनि नाक बन्द गरेर गन्तब्य तय गर्न बाध्य छन् । सिंहदरबार हुँदै भद्रकालीको यात्रा गर्ने पैदल यात्रुहरु एकाएक दुर्गन्ध हटेकोमा दंग छन् । तर सकारात्मक काम गर्दा झेल्नुपरेको अबरोध बारे सर्वसाधारण बेखबर छन् ।
१० बर्षपछि नेशनल ट्रेडिङको स्वामित्वमा जानेगरी अहिले भृकुटीमण्डपको आडैमा एउटा सुन्दर संरचना बनिरहेको छ । नाक थुन्नुपर्ने टुकुचा खोला यहि निर्माणका कारणले टुकुचाको दुर्गन्ध हटाउने काम भएको हो । त्यतिमात्र नभएर वरपर हरियाली समेत बढाउने काम भएको छ ।
सार्क सम्मेलनको क्रममा लाखै खर्चिएर भृकुटिमण्डपको थोत्रो पाल छेक्ने सरकारले भृकुटीमण्डप छेक्ने गरि सित्तैमा सुन्दर संरचना बनाइदिनेलाई सहयोग गर्नु आवश्यक ठानेन वा कुनै आर्थिक लाभको अपेक्षा पूरा नभएर हो उल्टै बारम्बार अवरोध गरिरह्यो । निर्माण पक्षले यति छोटो समयका लागि संरचना बनाएको छ, त्यो पनि टाट पल्टिदै गरेको सार्वजनिक संस्थान नेशनल ट्रेडिङको यतिकै खेर गइरहेको जग्गामा ।
१० बर्ष पछि यो नीजि क्षेत्रको लगानी स्वतः राज्यको सम्पति बन्नेछ । तर सकारात्मक काम गर्नेहरुलाई साथ दिनुको साटो उल्टै उल्झनमा पार्ने प्रबृत्तिबाट राज्य संयन्त्र माथि उठ्न सकेको छैन ।
आफै  निर्माण अनुमति दिने अनि नीजि क्षेत्रको लगानी प्रभावित गर्ने गरी फेरि फरक बाटोबाट अबरोध गरिरहनु पक्कै पनि राम्रो होइन ।
पब्लिक–प्राइभेट पाट्नरसिपको आधारमा आर्थिक समृद्धिको योजना अघि बढाउने कुरा गर्ने सरकार आफै निजी क्षेत्रलाई हतोत्साहित बनाउने काममा लाग्नु कति न्यायोचित हो ? यसको लेखाजोखा सरोकारवाला पक्षले गर्नैपर्छ ।
अब फरक प्रसंगको कुरा गरौं, यो भौतिक संरचना केही बर्षपछि राज्यको सम्पति बन्नेमा कुनै दुईमत छैन । तत्काल पनि यसबाट थुप्रै सर्वसाधारण लाभान्वित हुनेछन् । थुप्रैले व्यापार–व्यवसाय गर्ने अवसर पाउनेछन् । सरकार मातहतको संस्थानको खातामा लाखौंको आम्दानी बढ्ने छ । अनि यस्तो सकारात्मक काममा अबरोध किन ?
यति मात्रै होइन, निर्माण पक्षले एउटा सकारात्मक सामाजिक काम पनि गरेको छ । गन्ध र फोहोरले भरिएको टुकुचा खोला कोरिडोर सफा भएको छ । काठमाडौंका नदी नाला सफा गर्ने सरकारी अभियानमा यो एउटा सहयोग हो । केही समय अघिसम्म जारी रहेको दुर्गन्ध अहिले घटेको छ । यो पनि सामाजिक काम हो । देशलाई व्यवहारतः आर्थिक रुपमा सबल बनाउने हो भने यी र यस्ता सकारात्मक काम गर्नेलाई हतोत्साहित होइन, पुरस्कृत गर्ने साहश राज्यले गर्न सक्नुपर्छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply