Ticker

6/recent/ticker-posts

एक हप्ताभित्रै काठमाडौमा खानेपानीको हाहाकार हुने.....?

काठमाडौ,माघ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले पाइपहरु मर्मतका लागि ३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ । मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार सडक विस्तारका क्रममा टुटेफुटेको पाइपमर्मत गर्न ३१ करोड रकम आवश्यक पर्ने देखिएको छ ।
सरकारले यो रकम तुरुन्तै उपलब्ध गराएमात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने सचिव उपाध्यायको दावी छ । शुक्रबार विकास समितिको बैठकमा सचिव उपाध्यायले भनेः‘काठमाडौंका सडकमुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन् । तिनलाई मर्मत गर्नुपर्ने छ, ३१ करोड रकम आवश्यक छ  तर रकम उपलब्ध छैन ।’
सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको उनले जानकारी दिए।
उनले भनेः‘मर्मत गर्न एक साताभित्र सरकारले ३१ करोड नदिने हो भने काठमाडौंमा खानेपानीको हाहाकार मच्चिनेवाला छ ।’

Post a Comment

0 Comments