Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
सरकारले आगामी आईतबार स्थानीय तहको चुनावको मिती घोषणा गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् ।
बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले बैठकमा भनेः‘अव निर्वाचन मिति घोषणामा सरकारले ढिलाई गदैन, निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’
संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ । यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताएका थिए ।
मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा बारे सत्ता साझेदार दल काग्रेसको पनि धारणा बुझ्न खोजेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply