Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

प्रचण्ड आफ्नै कार्यकर्ताको भुङ्ग्रोमा...
काठमाडौ,माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्यटन व्यवसायी संगठन अझै अपूर्ण रहेको बताउँनु भएको छ । शुक्रबार होटल ¥याडिसनमा माओवादी निकट पर्यटन व्यसायीको एकता भेलाको उद्घाटन गर्दे उहाँले एकता भेलामा सबै पर्यटन व्यवसायी अटाउँन नसकेको भन्दै पूर्णता दिन निर्देशन दिनुभएको छ ।

एकतामा माओवादी केन्द्रका खास बरिष्ठ पर्यटन व्यवसायीको उपस्थिति नदेखेपछि प्रधानमन्त्री दाहालले पर्यटन बिषयमा खासै मन्तव्य राख्नु भएन । एकतामा महत्वपूर्ण पर्यटन व्यवसायीलाई बाहिर राखिएको र राजनीति अभिप्रायले एकताको कामलाई हतार गरीएको थाहा पाए पछि पार्टी अध्यक्ष दाहालले असन्तुष्टि जनाउनुभयो । सबैलाई समेटेर एकताको भेला आयोजना गरीएको भनेर पार्टी अध्यक्ष दाहाललाई आश्वस्त पारीएको थियो । तर, दाहालले उद्घाटनको क्रममा खास पर्यटन ब्यवसायी नदेखेपछि खासै बोल्न चाहनुभएन् ।
प्रधानमन्त्रीले भन्नुभयोः‘ यसलाई पूर्णता दिने काम छिटो गर्नुहोला ।’ पुर्व पर्यटन मन्त्री लोकेन्द्र बिष्टले एकता भएको भन्दै १ सय ५१ सदस्यीय पर्यटन व्यवसायी संगठन घोषणा गर्दा एकजना पनि शेर्पा नपरेको भन्दै शेर्पाहरुले समेत एकताको नाटक भनेर संज्ञा दिएकाछन् । शेर्पा बिनाको नेपालको पर्यटन क्षेत्र अपूर्ण हुन्छ । हिमाल आरोहण शेर्पा बिना अपूर्ण हुन्छ । पर्यटन र शेर्पा बिदेशीहरुको लागि पर्याय हो ।
राजधानी वरिपरिका जिल्लामा शेर्पा नभएकाले १ सय ५१ जनामा शेर्पा नपरेका हुन् । एकता भेलामा एकजना शेर्पा नअटाउँनु बिडम्वनामात्र हैन शेर्पा पर्यटन व्यवसायीहरुमाथि गरीएको अन्याय पनि हो । जुन अझै अपुर्ण मात्र छैन समावेशी पनि छैन् । समावेशीको नारा दिने माओवादीलेनै यस्तो चरित्र देखाएपछि माओवादी भित्रका पर्यटन व्यवसायीहरुबीच फेरि बिभाजन हुने संकेत देखिएको छ ।
मुख्य गरी पूर्व र पश्चिमका पर्यटन व्यवसायीहरु यस संगठनमा अटाउन सकेका छैनन् । केहिले पर्यटनको नाममा राजनीति गर्ने कसरतमा लागेका झोले पर्यटन व्यवसायीहरुको संगठन भनेर टिप्पणी गरेकाछन् । मुख्य गरेर धादिङ, नुवाकोट, काभ्रे र वरिपरिका केहि पर्यटन व्यवसायी हौ भन्ने व्यक्तिहरुको पहलमा भएको यो भेलाले पर्यटन क्षेत्रमा खासै महत्व नराख्ने बताईन्छ । त्यसमा पनि अध्यक्ष दाहाललाई नै भुङग्रोमा राखेर गरीएको यो एकता नाम मात्रको हुने व्यवसायीहरुको भनाई छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply