Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
वीर अस्पतालको आइसीयुकक्षमा हेमोडायलाइसिस सेवा सुरु गरिने भएको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अबको दुई महिनामा यो सेवा सुचारु गरिने जानकारी दिए ।
वीरले डायलाइसिस सेवा सुरु गरेको २५ वर्षपछि आइसीयुमा हेमोडायलाइसिस सेवा प्रदान गर्न लागिएको हो । रोटरी इन्टरनेसनलको ९० प्रतिशत सहयोगमा सुुरु गरिने सेवामा ९ ओटा डायलाइसिस मेसिन र कलेजोका बिरामीका लागी आवश्यकपर्ने फाइब्रोस्कान मेसिन ल्याउने सम्झौता भएको छ । सो मेसिनको लागत दुई करोड रुपैयाँ भएको जनाइएको छ ।
त्यस्तै, हेमोडायलाइसिस मेसिन आएपछि दुईओटा आइसीयु र सातओटा नियमित डाइलेसिसका लागि प्रयोग गर्ने गर्ने जनाइएको छ । हेमोडायलाइसिस मेसिन नहुँदा बिरामीलाई अरु अस्पतालमा पठाउनुपरेको गुनासो उनले गरे ।
हेपाटाइटिस बी, सी र एचआइभी–एड्सका लागि दिइने यो सेवा सरकारी अस्पतालमा पहिलोपटक सन्चालन हुन लागेको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply