Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

- वसन्तप्रकाश उपाध्याय
एउटा कालो कुहिनोले ‘सपाट–सग्लो र सफेद’ पहाड फोर्न गरेको दुस्साहसको चर्चा छ यतिखेर । अजंगको वटवृक्षभित्र एउटा पातको ‘फुर–फुर’ धेरै देखिएको थियो । चर्को र कर्कस साइरनको दौडधूपमा हिँड्दा उसले विर्सिएको थियो– ‘आफ्नो औकात र आयतन ।’

विहीबारको दिन । सिंहदरवारले क–कस्लाई कुन पगरी दिने हो ? अलि बढी प्रतीक्षा हुन्छ । यसपटक अलि बढी चर्चा र चासो थियो– काभ्रेली केरा र पश्चिमेली सुन्तलाको । पुस–माघको केराभन्दा मौसमी–सुन्तलाले बाजी मार्ने ‘आशंका र अड्कलबीच उल्टो नहुनु पर्ने भयो । र, जनकपुरे मठाधीशको ‘हैकम’ छताछुल्ल बन्यो ।’

त्यसो त, सांस्कृतिक संघमा ‘हवल्दार’ छाने जस्तो कहाँ सजिलो हुन्छ र ! मर्यादित संस्थाको मुखिया छान्न । उचाई–छाती, तौलभन्दा बढी तार्किक–तत्व हेरिनुपर्ने र ‘विधि’ अख्तियार गरिनुपर्ने प्रसंगमा ‘डण्डा’ देखाउन खोजेपछि यस्तै हुन्छ ।

विचित्र लाग्छ मान्छेले धर्म र धरातल विर्सेको देख्दा । भुजा–पकौडा–खास्ता र कचौरीको संघर्ष भुलेर मान्छेहरु किन ‘सत्ता–सेकुवा’सँग मात्रै चियर्स गर्छन् ? प्रश्न नउठाउन मन मान्दै मान्दैन ।

कोक्किएको यो परिवेशमा बुढानीलकण्ठ जागेको सुनियो । ‘अति भएर खति’उन्मुख भइरहेको पटकथा, सम्वाद र दृश्य बदल्न ‘निर्देशक’ले परैबाट पहिल्यै भन्नु जरुरी थियो–‘लाइट...क्यामरा...एक्सन...।’ हिजो सुनिएन यस्तो निर्देशन । ढिलै भए पनि आशावादी स्वरमा सुनियो ....‘कट्’ । आशा गराैं, अब साँच्चि नै पटाक्षेप हुनेछन् सत्यहरु क्रमश...।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply