Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

रौतहट, फागुन ।
एमाले नता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल सहभागि रौतहटको एक कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ताले अबरोध गरेका छन् । एमाले रौतहटले आयोजना गरेको कार्यक्रममा गृह जिल्ला पुगेको नेता नेपालले भाषण गरिरहेको बेला मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहारपछि एमाले कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच झडप भएको छ । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केहि घाइते भएका छन् । नेपाल रौतहटको कार्यक्रममा आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्रदर्शनमा विहानैदेखि उत्रिएका थिए ।
रिपोर्टिङ गर्न गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि प्रभात कुमार झा सशस्त्र प्रहरीको कुटपिटबाट घाइते भएका छन् । झाको खुट्टा र पेटमा चोट लागेको छ । अन्य एमाले, मोर्चाका कार्यकर्ता र प्रहरी पनि घाईते भएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply