Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशको पक्षमा वकालत गरेका छ । न्याय मन्त्रालयले राष्ट्रपति ट्रम्पको आदेश न्याय सम्वत रहेको बताएको हो ।
१५ पृष्ठ लामो सुझावमा न्याय मन्त्रालयले पुनरावेदन अदालतलाई राष्ट्रपतिको आदेश देशको सुरक्षाका लागि भएको भन्दै त्यसलाई नरोक्न आग्रह गरिएको छ । राष्ट्रपतिको कार्यकारी निर्देशन मुस्लिममाथिको प्रतिबन्ध नरहेको न्याय मन्त्रालयको दाबी छ ।
अदालतमा राष्ट्रपतिको आदेशको विषयमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ । वासिङ्टनको सिएटलमा रहेको संघीय अदालतले गएको शुक्रबार राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने आदेश दिएपछि सन फ्रान्सिस्कोको पुनरावेदन अदालतमा त्यसविरुद्ध अपिल दर्ता भएको छ ।
न्यायाधीशहरुले राष्ट्रपतिको निर्देशन देशको स्वार्थका लागि हानिकार र असंवैधानिक रहेको बताएका छन् । तर न्याय मन्त्रालयले भने आदेशको पक्षमा सुझाव दिएको छ । न्याय मन्त्रालयले राष्ट्रपतिसँग देशको सुरक्षालाई लिएर निर्णय गर्ने अधिकार हुने भएकाले राष्ट्रपतिको आदेश गैरसंवैधानिक नहुने जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply