काठमाडौँ,माघ ।
पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले गरेको नेक्सस एम्बासडरको सातौ संस्करण तथा विद्यार्थीको बहुआयामिक क्षमता प्रदर्शन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । पेप्सीकोलास्थित विद्यालय प्राङगणमा शुक्रबार भएको प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५१ जना विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा निर्णायक रहेका सञ्चारकर्मी पुनम पौडेल, गायिका शोभा त्रिपाठी र फिल्म पोडक्शन डिजाइनर कृष्ण कोइरालाले निर्णायक बसेका थिए । त्यसक्रममा गायिका शोभा त्रिपाठीले शिरैमा शिरफूल लगायत गीत गाउनुभएको थियो । तीन चरणको प्रतियोगितामा जुनियर गल्स तर्फ छात्रा रुपसिखा थापा ले ताज पहिरिईन भने आस्था बिस्ट फस्ट रनर अप र र प्रन्जिला थापा सेकेन्ड रनर अप भए ।
जुनियर ब्वाइजतर्फ ग्रीस कटवालले उपाधि जिते । फस्ट रनर अप अर्णव ढकाल र सेकेन्ड रनर अप अभियान बराल भए । सिनियर गल्स तर्फ तर्फको ताज सफलता पण्डितले जितिन् । दिप्ती बस्याल फस्ट रनर अप र दीपसिखा थापा सेकेन्ड रनर अप भए ।
बिजेता लाइ गत वर्षका बिजेता सलिना न्यौपाने, कृतिका भट्ट, हनिस सर्राफ लगायतले ताज पहिराएका थिए भने प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय साम्बाहाम्फेले पुरस्कृत गर्नुभएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन हुनुको साथै उनीहरुलाई एकोहोरो किताबी ज्ञान भन्दा पनि केहि नया कुरा सिक्न प्रेरित गर्ने भएकाले विद्यालयले हरेक वर्ष यस किसिमका कार्यक्रम अयोजना गर्ने गरेको विद्यालयका प्राचार्य आर बी कट्वालले जानकारी दिनुभयो । आजको समाज र बिश्व ले खोजेको नागरिक तयार पार्न सहयोग गर्ने भन्दै अभिभावकले पनि यस्ता कार्यक्रम निरन्तरतामा जोड दिएका थिए ।

0 Comments