Ticker

6/recent/ticker-posts

३ दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगको आहृवान

काठमाडौ, फागुन ।
निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा फागुन १८ गतेभित्र दलहरुले दलीय विवरण बुझाउनु पर्नेछ । नबुझाउने दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।
आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दल दर्ताका लागि दलहरुलाई सूचित गर्ने निर्णय गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरु र जिल्ला जिल्लामा दर्ता भएका दलहरुले पनि स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्नेछ ।

Post a Comment

0 Comments