Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । स्थानीय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समिति र स्थानीय विकास मन्त्रालयको वार्ता टोलीबीच बुधबार बसेको छलफल निष्कर्षमा पुग्न सकेन । समितिले अघि सारेको पुर्नसंरचनापछिको गाउँपालिका र नगरपालिकामा आफूहरुको सम्मानजनक समायोजनसहित ५ बुदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

स्थानीय निकायका कर्मचारीको ५ वटा संघसंगठनको संयुक्त आन्दोलन परिचालन समितिले फागुन १ देखि स्थानीय निकायको कामकाज ठप्प पार्दै आएका छन् । बुधबार पनि मुलुकभरिका स्थानीय निकायको सेवा प्रभावित बनेको छ । स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले मागबारेमा बुदागत रुपमा छलफल भए पनि लिखित सम्बोधन नभएको बताए ।

‘मन्त्रालयले स्थानीय निकाय सञ्चालन नितिको मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदबाट पास हुनु अगावै माग सम्बोधन हुनुपर्यो ।’ स्थानीय विकास मन्त्रीका सल्लाकार माधव सापकोटाले कर्मचारीले राखेको माग जायज भएको बताए ।

‘कर्मचारीहरुले अघि सारेको माग स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने, प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठानिक संरचना र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेलगायत तीन बुदे मागप्रति सरकार सकारात्मक छ,’ उनले भने, ‘अस्थायी, करार र ज्यालादारी कर्मचारीको स्थायीत्वको व्यवस्थापन गर्नुपर्ने सम्बन्धमा सरकारले अहिले केहि भन्न सक्दैन ।’

समितिले सरकारले अस्थायी कर्मचारीहरुलाई सेवाबाटै निकाल्न खोजेको भन्दै स्थायी गर्न माग गरेको छ । ‘हामी स्पष्ट पार्छौ कि निकाल्न खोजिएको होइन,’ सापकोटाले भने, ‘बिहिबार मुख्य सचिवसँग बसेर छलफल गर्ने तय भएको छ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply