Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

झापा– हालै झापाको दमकस्थित आकाशे पुलमा केही कलाकारहरु देखिए । जहाँ नायिका शुभेच्छा थापा आकर्षणको केन्द्र बनेकी थिइन् । निधारमा टिका, आकर्षक लुक्स र पहिरनमा पुलमाथि उभिएकी देखेपछि जो कोहीका नजरहरु शुभेच्छामाथि पर्नु स्वभाविकै थियो । शुभेच्छा चिर परिचित नायिका पनि हुन् त्यसकारण पनि सोही बाटो भएर हिड्ने व्यक्तिहरु एक छिन रोकिएर हेर्नु नौलो कुरा पनि भएन ।

त्यहाँ शुभेच्छा सँगै अन्य कलाकारहरु पनि सामेल थिए । कारण हो एउटा चलचित्रको शुभमुहुर्त कार्यक्रम । प्रायः नेपाली चलचित्रको शुभमुहुर्त कार्यक्रम मन्दिरमा हुने भए पनि राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र शिवंको शुभमुहुर्त  फरक शैलीमा देखियो । त्यो पनि आकाशे पुलमाथि । जुन चलचित्रमा नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवालको मुख्य भूमिका रहनेछ । शुभमुहुर्त कार्यक्रममा पनि यी दुबै कलाकार त्यहाँ पुगेका थिए ।

पाथिभरा चलचित्र मन्दिरका सञ्चालक तथा चलचित्र संघका पूर्वाञ्चल सभापति चैतन्य बरालले शुभमूहुर्तमा नरिवल फोर्दै भने– ‘झापा जिल्लाको पहिचानसँगै पर्यटकीय प्रवद्र्धनका लागि चलचित्रको शुभमुहुर्त आकाशेपुलमाथि गरेका हौं ।’ चलचित्रको छायांकन दमक आसपासका क्षेत्रमा गरिने निर्देशक गिरीले बताए ।  उनले भने– ‘दमकको आकाशेपूल र इलामको कन्याम चिया बगान सुटिङका लागि हाम्रो पहिलो रोजाइमा परेको छ ।’

दमकको आकर्षणको केन्द्र बन्दै गएको यो आकासे पुलमा युयावयहरु फुर्सदको समयमा त्यहाँ घुमफिर गर्न पुग्ने पनि गर्छन् । प्रायः यो पुलमा ओहोरदोहोर गर्ने मानिसहरुको भीड बाक्लै  हुन्छ । अझ जोडीहरुलको सेल्फी खिच्ने, मनको बह पोख्ने ठाउँ पनि । आकासे पुल बनेपछि त्यहाँको रौनकता नै बेग्लै थपिएकाे छ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply