Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए । डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए । यस्तै फेमेली कोटा अन्तर्गर्त अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् ।
विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताए । उनले भनेका छन्ः‘जब कुनै मानिस आप्रवासी बनेर अमेरिका प्रवेश गर्छ, उसले ग्रिनकार्ड पाउँछ । र, उसले आफ्नो अभिभावक र आफन्तको ठूलो संख्यालाई अमेरिका ल्याउँछ । यो अमेरिकी कामदारका लागि राम्रो होइन ।’
उनले यो विधेयकलाई यसै वर्ष मतदानमा लगिने विश्वास व्यक्त गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply