Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
नेपालले आगामी मार्चमा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले इमर्जिङ कपलाई ब्यूँताउँदै मार्च १५ देखि प्रतियोगिता गर्ने बताएको थियो । जसमा चार टेष्ट नेशनको एक वा यू–२३ टिम र अन्य चार देश सहभागी हुने तय भएको थियो ।
एसीसीले १० दिन पर सार्दै यूएईको सट्टा ढाकामा खेल गर्ने निर्णय गर्‍यो । साथै हङकङ र युएईले अन्य कार्यक्रममा व्यस्त रहेको भन्दै नाम फिर्ता लियो । लगतै मंगलबार एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त टिमलाई मात्र खेलाउने निर्णय गरेको छ । यसको मारमा नेपाल परेको छ ।
एसीसीको नयाँ निर्णयसँगै नेपालको इमर्जिङ कप खेल्न नपाउने भएको छ । अब प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका ए वा यू–२३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको नेपालका लागि यो प्रतियोगिता टेष्ट खेल्ने एसियाली देशहरुसँग खेल्ने अवसरका रुपमा हेरिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply