Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,  फागुन ।
सरकारले आगामी बैशाख ३१ गतेको लागि स्थानीय तहको चुनावको मिति घोषणा गरिसकेको छ । तर सरकारले निर्वाचन घोषण गरेपनि दलहरुबीच भईरहेको रस्साकस्सीले चुनाव हुनेमा स्वयम् सत्तारुढ दलका नेताहरु नै शसंकित छन् । सत्तारुढ दल र प्रतिपक्ष दलका नेताहरुले दलिय सहमति विना घोषित मितिमा चुनाव सम्पन्न गराउन कठिन रहेको बताउन थालेका छन् ।
प्रमुख तीन दलका नेताहरुले सरकारबाट घोषणा भएको स्थानीय तहको चुनाव सफलताका साथ सम्पन्न गर्न प्रमुख दलहरु एक ठाउँमा आउनुपर्ने धारणा राखेका छन् । काठमाडौमा सोमबार भएको राज्य पुनःसंरचना र स्थानीय निर्वाचन विषयक कार्यक्रममा प्रमुख तीन दलका नेताहरुले स्थानीय तहको चुनाव सम्पन्न गर्न कम्तिमा प्रमुख तीन दल एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले स्थानीय तहको चुनाव हुनेमा अझै आशंका रहेको भन्दै तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दहरुले पार्टीगत धारणा भन्दा माथी उठ्नुपर्ने धारणा राखे । सोहि कार्यक्रममा प्रतिपक्षी दल नेकपा एमालेका नेता अग्नी खरेलले संविधान संशोधन पास
वा फेल जे भएपनि राष्ट्रको अहित हुने भन्दै संशोधन नभई चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखे । नेता खरेलले स्थानीय तह पुनःसंरचना आयोगको कार्यदेश संविधानमै उल्लेख भएकाले सरकारले हस्तक्षेप गर्न नपाउने दावी गरे ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको चुनाव गर्न जटिल भएपनि जसरी पनि चुनाव गराएरै छाड्ने जिकिर गरिन् । संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले संविधान संशोधन नभएसम्म चुनाव हुनै नसक्ने ठोकुवा गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply