Ticker

6/recent/ticker-posts

मुख सम्हालेर बोल्न प्रधानमन्त्रीलाई केपी ओलीको चेतावनी

काठमाडौ, माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर मात्र बोल्न चेतावनी दिएका छन् । एमालेको फागुन २१ गतेदेखि हुने मेची महाकाली अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्रीलाई चेतवानी दिँदै भनेः‘ प्रधानमन्त्री भएर के कुरा बोल्न हुन्छ र के हुँदैन भनेर विचार गर्नुस् ।’
प्रधानमन्त्री दाहालले मंगलबार एक समारोहमा वाइसिएलका कार्यकर्तालाई उग्रराष्ट्रवाद विरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिएका थिए । एमाले प्रमुख प्रतिपक्षी भएर पनि चर्का कुरा नगरेको साथै सरकारसँग जोरी खोजेर भिडी हालौं नभनेको ओलीको भनाई छ ।
संसदीय व्यवस्था भएका जुनसुकै देशमा पनि लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिने परम्परा रहेकोमा सत्तापक्षका दलले बहादुरी देखाएर आफैं राखेको भन्दै ओलीले आक्रोश पोखे । कांग्रेसले प्रस्ताव गर्ने र माओवादीले समर्थन गर्ने स्थितिमा अब प्रमुख प्रतिपक्षी दल पनि आफ्नैलाई छान  भन्दै ओलीले सत्ता पक्षप्रति व्यङ्ग्य समेत गरे । उनले चुनावको मिति छिट्टै घोषणा गर्न माग गरे ।

Post a Comment

0 Comments