Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, माघ ।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डको सरकारले चुनाव नगराए एमालेले सरकार ढालिदिने चेतावनी दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै ओलीले तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका हुन् ।
एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले भनेः‘सरकार चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट गराउन उद्धत हुँदैछ, हामी त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’
पूर्वप्रधानमन्त्री ओलीले कुनै पनि हालतमा एमाले चुनाव गराएरै छाडने दाबी गरे । नेकपा एमाले कुनै पनि कुराको इच्छामात्रै गरेर बस्ने पार्टी होइन भन्दै एमाले गरेर देखाउने पार्टी भएको ओलीको दावी छ ।
एमाले अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्रीमा छानिएको ६ महिना ४ दिन बितिसक्दा पनि केही काम नगरेको आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारले एमाले काँही भेटिन्छ कि र हटाउन सकिन्छ कि भनेर खोज्दै आफ्ना मान्छे नियुक्ति गर्ने वाहेक कुनै उपलव्धीको काम गर्न नसकेको ओलीले आरोप लगाए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply