Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिड्नी,फागुन ।
अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ । मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सन्दिप उप्रेती भएको खुलेको छ ।
न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्री तटमा गएका थिए । सँगै गएका साथीहरुले बताए अनुसार अरु फर्किएपनि उनीहरु केहीबेरमा आउँछौं भन्दै तटमै बसेका थिए ।
उद्धार संस्थाका सदस्यले श्रृष्टिको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए । प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ । पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युका अनुसार उनीहरुसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ ।
‘हामीले अहिलेसम्म युवकलाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए,इन्स्पेक्टर एन्थोनीले भनेः‘हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।’
इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् ।
हराइरहेका उप्रेतीको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ । समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला–ठूला सामुद्रिक छालका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको छ । खराव मौसमका कारण न्यु साउथ वेल्सको कूजी बीचबाहेक अन्य सबै बीच बन्द गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply